मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार एवं लेखक मरासिनीलाई युवा प्रतिभा पुरस्कार



काठमाडौं । पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित प्रथम पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु ५० हजार रहेको छ ।

विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा. ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्टिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रुपमा आफ्नो कलम चलाउने गर्दछन् ।

उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रबद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् ।
हाल काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका उनी काठमाडौं प्रेस र नयाँपुस्ता डटकममा आवद्ध रहेका छन् ।

अनलाइन पत्रकार संघका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् । यसअघि उनले सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

आइतबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त मन्त्रालयका सचिव प्रकाश पौडेल लगायतले मरासिनी सहित पुरस्कृत सबै व्यक्तिलाई पुरस्कार वितरण गरे । कार्यक्रममा सामाजिक बिकासमन्त्री विन्दु कुमार थापा प्रमुख अतिथि रहेतापनि उनी भने कार्यव्यवस्थताले उपस्थित भएनन् ।

पर्यटन प्रबद्र्वन विद्यामै पर्वतका लक्ष्मण कुमार सुनारले द्धितीय पुरस्कार प्राप्त गरे । प्रतिभा पुरस्कारका लागि मन्त्रालयले गत फागुन २४ गते आव्हान गरेको थियो । यसरी आव्हान गरिएको सुचनाअनुसार जाँचबुझ र मूल्याङकबाट विभिन्न ८ विद्यामा उत्कृष्ट १३ जनालाई युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ४५ बजे