मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैँक र होटल हिमालयबिच विशेष छुटको सम्झौता



काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले ललितपुरको कुपण्डोलमा अवस्थित होटल हिमालयका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन ।उक्त छुट सम्बन्धिको सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३६ बजे