मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सम्झनाले सताइरह्यो’ भन्दै आए आर्जन



काठमाडौंँ । गायक आर्जन पाण्डेको आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । प्रेमपिडा ब्यक्त गरिएको गीतमा अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ । गीतको एरेन्ज सन्दिप कार्कीले गरेका हुन् ।

गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको लिरिकल भिडियो इभन भण्डारीले तयार पारेका हुन् ।

सन् २०१५ देखि गायनमा सक्रिय आर्जनका ‘ओइलिएर झर्न दिन्न’, ‘रेलिमाई’, ‘डलर’, ‘झुसे बारुलो’, ‘तिमीलाई हेरी हेरी’ लगायतका थुप्रै गीत चर्चित छन् । उनले आधुनिक, पप, लोक पप, चलचित्रलगायत बिभिन्न विधाका गीतमा स्वर दिएका छन् । उनको ‘किन किन हो’ बोलको गीत भिडियो सहित छिट्दै आउने तरखरमा छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ३१ बजे