गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो,अब के हुन्छ ?



काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

सर्वोच्चका न्यायाधशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीन वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकी छन् भने सपना मल्ल प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकी छन् ।
अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : असार २०, २०८१ बिहीबार  ८ : १८ बजे