मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढेको नुनको मूल्य लागू



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो ।

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।

यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुयाइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ११ : ५० बजे