काठमाडौं, १९ असार । नेकपा एमालेक मन्त्रीहरुले आज राजीनामा दिएका छन् । आज ९बुधबार० प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।
एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा रघुबीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात, पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राईले खानेपानी र हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारीमा थिए ।
एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।
कांग्रेसको समर्थनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेपछि एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।