अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेस



काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको बेहोराबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ०३ बजे