काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।रास्वपाको अनुशासन आयोगले निलम्बित ढकालमाथिको कारबाहीबारे प्रतिवेदन तयार पारिसकेको छ।
गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।
ढकाल निलम्बित भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई तोकिएको छ।
उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।