काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो ।
केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ ।