काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक सार्वजनिक निष्काशन ९आईपीओ० तत्कालका लागि रोकिएको छ। नेपाल धितोपत्र बोर्डको बैठकले तत्कालका लागि कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रोक्का गरेको हो।
सार्वजनिक लेखा समितिले सात दिन भित्र रिलायन्सको आईपीओबारे जानकारी दिन भन्दै धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।
‘लेखा समितिले बोर्डलाई पत्र लेखेको छ। समितिको निर्देशनसँगै बोर्डले उक्त निष्कासन रोक्ने निर्णय गरेको हो,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा नवराज अधिकारीले भने।
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ खुला गर्ने सूचना निकालेको थियो
कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ। बुक बिल्डिङ प्रक्रियामा जाँदा उक्त मूल्य कायम भएको मिल्सको भनाइ छ।
बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा ९१३०को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।
सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।