नाउपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो।

अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए। उनले भने, ‘प्रधानमन्त्रीको समय मागेका छौं, समय मिल्नासाथ औपचारिक रूपमा जानकारी गराउँछौं।’

एमालेले यस अघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता साझेदार दलहरुमध्ये नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र समर्थत फिर्ता लिएका छैनन्।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ५० बजे