जसपा नेपालले बनायो २१५ सदस्यीय केन्द्रीय समिति



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समिति गठन गरिएको छ ।

गएको जेठ २८, २९ र ३० गते जनकपुरमा भएको महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादवलाई मात्र चयन गरिएको थियो । उनलाई केन्द्रीय समितिरपदाधिकारीरकार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी सदस्य मनोनय गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो ।

पार्टी विधान, २०८० को धारा ८७ (१) अनुसार केन्द्रीय समिति गठन गरिएको जसपा नेपालले जनाएको छ । केन्द्रीय समितिमा २१५ सदस्यको नामावली समावेश छ ।

प्रकाशित मिति : असार २७, २०८१ बिहीबार  १२ : ०४ बजे