प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जसपाको निर्णय,नयाँ बन्ने सरकारमा सहकार्य गर्ने



काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वमसको मत नदिने भएको छ ।

सो पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ३ : १८ बजे