मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा छायो उत्साह, १ वर्षपछि २२ सयको विन्दु पार



काठमाडौं,२७ असार । करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ ।

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९.२१ अंक बढेको हो ।

यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । लगानीकर्ताले २२०० अंक भेट्न सकेका थिएनन् ।

बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ । बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुअरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ३ : ५० बजे