बेपत्ता बस अझै भेटिएनन् ,७५ जनाको प्रहरी टोली खोजि कार्यमा सक्रिय



चितवन ।प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरुले तिब्र रुपमा खोजि गर्दा पनि चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिका बस अझै पत्ता लाग्न सकेका छैनन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालस्थोत दुर्घटनास्थलमा जि.प्र.का. चितवन, जि.ट्रा.प्र.का.चितवन, इप्रका मुग्लिन र प्रहरी चौकी जुगेडीले खोज तथा उद्दार गरिरहेको छ । उक्त उद्धार कार्यमा नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मी सक्रिय छन् ।

यसैबिच चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ ।

प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । पहिचान खुलेका यात्रुको नाम ठेगाना आउन बाँकी छ ।

काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । तर, सो बसमा बीच बाटोबाट यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार  ४ : २८ बजे