महान्यायाधीवक्ता पोखरेलको राजीनामा स्वीकृत



काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय र तीनै लामिछाने सहकारी ठगीमा सहभागी नभएको भन्ने पत्रका कारण पोखरेल विवाद र तनावमा परे। उनका दुवै निर्णयविरुद्ध परेका रिट सर्वोच्चमा विचाराधीन छन्।

विवादकै कारण सर्वोच्चको न्यायाधीश हुने उनको चाहनामा ठेस लागेको छ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ५५ बजे