नेप्से ५९.६८ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार



काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । यससँगै २७ महिनापछि बिहीबार नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।

यसअघि २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा थियो । यस दिन १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ ।

१५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँबराबरका तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर एक लाख ८४ हजार ७१२ पटकमा खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ३ : ४१ बजे