काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार प्रमुख बराललाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी
काठमाडौँ ।नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश बरालले पाएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्ड अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।
अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराएका छन् ।
बरालको नियुक्ति अर्को व्यवस्था नभएसम्मका लागि मात्र हो ।














