काठमाडौँ । महानगरपालिकाले गर्न लागेको फुटपाथ विस्तार कार्यलाई न्यूरोड वडा नम्बर २२ का स्थानीयले विरोध गरेका छन्। न्यूरोड धर्मपथ क्षेत्रमा गर्न लागिएको फुटपाथ विस्तार २२ नम्बर वडाअध्यक्षसहित जनप्रतिनिधि र स्थानीयबासीलाई आवश्यक नभएको भन्दै आज विहान विरोध गरेका छन्।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । यस विषयमा न्युरोडका व्यापारी तथा न्युरोडबासीहरू पनि सडकमा उत्रिएका थिए। अब भने उच्चले नै विस्तारको आदेश दिएपछि महानगरले विस्तार कार्यलाई तीब्रता दिन थालेको हो। तर स्थानीयले विरोध गरेका छन्।