राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने



काठमाडौं, ५ साउन । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निश्कर्ष निकालिएको स्पष्ट पारे ।

उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार  २ : ०२ बजे