काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रचण्ड र नेपालले त्यसअघि भेटवार्ता गरेका हुन् ।
माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।














