पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या



जनकपुरधाम । (सर्लाही) पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। आइतबार राति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा करिब ८० वर्षीय रायको हत्या भएको हो।

८० वर्षीय रायको उनकै निवास सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा गएराति हत्या गरिएको हो । सर्लाही प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ ।घटनास्थलको काम सकेपछि शवलाई पोष्टमार्टमका लागि मलंगवा पठाइएको भन्दै प्रहरी उपरीक्षक बोहराले अन्य अनुसन्धान भइरहेको जानकारी दिए।

घटनामा शंकास्पद व्यक्तिहरूलाई सोधपुछ सुरु गरिएको प्रहरीको भनाइ छ।प्रवक्ता बोहराका अनुसार रायको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार  १२ : ३८ बजे