पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धान गर्न सीआईबी खटिसकेको छ : गृहमन्त्री लेखक



काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए ।

गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका ८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ४३ बजे