पहिलो महिला मुख्य सचिव बनिन् लीलादेवी



काठमाडौं– नेपाल सरकारको मुख्य सचिवममा लीलादेवी गड्तौला नियुक्त भएकी छन्। उनलाई बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को यो निर्णयसँगै गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी हुन्। उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ५ : ०३ बजे