काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
आगामी आवको बजेट र १६औँ योजनालगायतका विषयलाई दृष्टिगत गरी लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए।चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले राष्ट्र बैंकको अनुमान छ।चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ।
‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने।
ब्याजदर घटेको अवस्था रहेको, लगानीयोग्य साधन बढे पनि बैंकहरुको कर्जा विस्तार नभएकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ।
ू














