सेयर धितो कर्जाको अधिकतम सीमा खारेज



काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि सेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।

मार्जिन ट्रेडिङ प्रभावकारी हुन नसकेको अवस्थामा संस्थागत लगानीकर्तालाई कायम गरिएको अधिकतम २० करोड रुपैयाँको सीमा हटाइएको हो।तर व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्याप भने केन्द्रीय बैंकले हटाएको छैन।

प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार  १ : १० बजे