काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ ।
आइतबारको सेयर बजार बढ्नुमा भने सेयर धितोकर्जाको सीमा खारेजी मात्र नभएर बैंकको कर्जा लगानी सहज गर्नु र जोखिमभार घट्नु पनि हो । मौद्रिक नीतिले बैंकको लगानीका लागि जोखिम भारसँगै वित्त व्यवस्थापन (प्रोभिजन) को दर समेत घटाउने बताएको छ ।
आजको सेयर बजार उत्साहित भएको हो ।पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।











