पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
उक्त दुर्घटनामा परि विद्यालयकै एक स्टाफको मृत्यु भएको छ ।
अन्य घाइतेको पोखराका तीन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।










