सेयर बजारमा नयाँ रेकर्ड,२१ अर्ब ९१ करोड १५ लाख बराबर कारोबार



काठमाडौं । सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ।यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

नेप्सेका अनुसार फाइनान्स समू्हको परिसूचक ८.०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ ।२१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार  ४ : ०२ बजे