काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’
उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो ।
डा. शंकरप्रसाद शर्मा –भारत
डा.शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
नरेशबिक्रम ढकाल –साउदी अरेबिया
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा. शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
कान्ता रिजाल –अष्ट्रेलिया
जंगबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा.कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधर – डेनमार्क
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल – पोर्चुगल
रीता धिताल – पाकिस्तान