एकपा एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४४ बजे