काठमाडौँ । संक्रणकालीन न्यायसम्बन्धी प्रक्रिया टुंग्याउने विषयमा तीन दलबीच सहमति भएको छ।संक्रणकालीन न्यायसम्बन्धी विधेयकका मूलभूत विषयमा कांग्रेस, एमाले र माओवादीबीच सहमति भएको हो।
बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित विषयमा चारबुँदे सहमति गरेको हो।
विधेयमा सहमति जुटाउन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेका महेश बर्तौला र कांग्रेसका रमेश लेखक रहेको कार्यदलले सहमति निकालेको हो।
सोमबारसम्म कार्यदलले प्रतिवेदन तयार पारी शीर्ष नेतालाई दिने जनार्दन शर्माले बताए।
माओवादीको नेतृत्वमा भएको सशस्त्र युद्धका बेला भएका मानवअधिकार उल्लङ्घनका घटनासहितका विषयमा टुंगो लगाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन लागिएको हो।