एमालेले सातै प्रदेशमा तोक्यो इन्चार्ज



काठमाडौँ । नेकपा एमालेले प्रदेश इन्चार्जहरु तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ५३ बजे