कर्णाली प्रदेशमा कांग्रेस सहभागी हुँदै,को-को बन्दैछन् मन्त्री ?



काठमाडौं– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।प्रदेश सभा संसदीय दलका सचेतक हिक्मत बहादुर विष्टका अनुसार कांग्रेसले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई पठाएको छ।उनका अनुसार कांग्रेसबाट चार जना मन्त्री बन्नेछन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी जाँदैछन्।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम कांग्रेसले मुख्यमन्त्रीलाई बुझाएको विष्टले जानकारी दिए।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : २६ बजे