सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो ।
उनले शनिबार नै प्रदेश सभामा विश्वासको मत लिने पत्र दर्ता गराइसकेका छन् ।
पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए ।
आइतबार मात्रै नेपाली कांग्रेस पनि कर्णाली सरकारमा सहभागी बनिसकेको छ ।














