काठमाडौं । आज नेप्से १०८.३५ अंक बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको छ ।
बुधबार १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँकोकारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।
१३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३ प्रतिशतले बढेको छ । होटेल, हाइड्रो र व्यापार क्षेत्रको समूहगत परिसूचक पाँच–पाँच अंकले बढेको छ ।
बुधबार ९ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ ।
बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ ।