यि हुन् कांग्रेस केन्द्रीय समिति बैठकका मुख्य एजेण्डा,बिहीबारबाट छलफल हुने



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु हुने छ ।

बैठकमा महामन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।

तेसैगरि महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमति,अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति,भ्रातृ र शुभेच्छुक संघ संस्था निर्देश समिति र क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ४० बजे