काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
बैठकमा महामन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।
तेसैगरि महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमति,अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति,भ्रातृ र शुभेच्छुक संघ संस्था निर्देश समिति र क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।














