काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सो कुराको जानकारी दिएक छन् । ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन’ समाजिक सञ्जालमा बालेन लेख्छन्।
खोलामाथि सडक बनाउन नहुने भन्दै डोजर लगाएका काठमाडौंका मेयर साहले सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेसमेत बताएका हुन्।
उक्त सडक भासिँदा रातिदेखि सवारी आवागमन ठप्प भएको थियो। यतिबेला सडक भासिएर देखिएको प्वालमा प्रहरीले घेराहाली राखेको छ।














