काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ।
न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ।
यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन्।
संविधानले उनीहरू योग्य हुने भनेकाले परिषद्ले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश सिफारिस गरेको परिषद्ले दाबी गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो। उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन्।

















