मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका छन्।

आफू नेतृत्वको सरकारमा रहेका सबै राज्यमन्त्रीलाई हटाउने निर्णय गरी प्रदेश प्रमुखलाई पत्र पठाइसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।

केन्द्रको सत्तारुढ दलहरूको सहमतिअनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीलाई हटाउने निर्णय लिएको बताइएको छ।

जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो।

गत मंगलबार पुनर्गठित सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  २ : ४० बजे