प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ : हरि ढकाल



काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गरे ।

उनले भने, ‘जसरी प्रधानमन्त्रीले विद्युत लाइन जोड्नको लागि निर्देशन दिनुभएको थियो। महशुल उठाउनको लागि त्यसैगरी निर्देशन दिनुप¥यो कहाँ कहाँ दिने हो ? मिटर जडान गरिएको ठाउँको महसुलउठाउनको लागि यो हालत छ देशमा । मिटर नभएका भन्सार हेरौँ र मालपोत हेरौं त के छ हालत ?’प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गरे।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  २ : ४४ बजे