प्रधानमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ३ : ४८ बजे