टीआरसी विधेयक प्रतिनिधि सभामा पेश



काठमाडौँ, २९ साउन । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी हुन् ।

प्रतिनिधि सभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ८ : १० बजे