काठमाडौँ– पोखरा र भैरहवा अन्तराष्ट्रिय उडान गरे एक किलोलिटर हवाई इन्धनमा सय डलर सहुलियत दिने निर्णय सरकारले गरेको छ।
नेपाल आयल निगम सञ्चालक समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौँ खर्चेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न चासो देखाएको हो।
सरकारले यी दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने पहल अघि बढाएको हो।














