थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि



काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका( ५ को थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ।

विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो।

गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।

उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ। अरु तालहरु पनि जोखिममा रहेको छ। बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

प्रकाशित मिति : भदौ १, २०८१ शनिबार  ४ : ११ बजे