काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ ।
समितिले आगामी भदौ ७ गते लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको बताइएको छ ।
रास्वपाका सभापति एवं पूर्व उपप्रधानमन्त्री लामिछानेमाथि गोर्खा मिडियामा रहँदा पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रकम अपचलन गरेको आरोप छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो ।
उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी करोडौ रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् ।














