सेयर बजार २.११ अंकले बढ्यो, १८ अर्ब ९० करोडको कारोबार



काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो।

बुधबार वित्त कम्पनीको उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७२ प्रतिशत, बैंकिङ उपसूचक ०.५९ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ।

व्यापार उपसूचक २।०९ प्रतिशत, होटल तथा पर्यटन उपसूचक १.०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०।७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले गिरावट भएको छ।

गत साताको बिहीबार २९ अर्ब ९५ करोड भएको नेप्सेमा आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको थियो। तर बुधबार भने १९ अर्ब पनि पुगेन।

बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोडको सेयर कारोबार हुँदा अपी पावरको ४५ करोड ७८ लाखको कारोबार भयो।

बुधबार ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार  ३ : ५१ बजे