सहकारी छानबिन : गोर्खा मिडियाका छविको बयान सकियो, अब पालो रविको



काठमाडौँ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा नेटवर्कका सञ्चालक छविलाल बञ्जाडे जोशीसँग बयान लिएको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा बोलाएर शुक्रबार जोशीसँग बयान लिइएको हो।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीले बचतकर्ताबाट संकलन गरेको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगानी भएको अध्ययनले देखाएपछि यसमा संलग्न भएको आरोप ‍लागेका व्यक्तिमाथि समितिले छानबिन गरिहरेको छ।

छविको बयान सकिएसँगै समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिकिा प्रबन्ध निर्देशक रवि लामिछानेसँग समितिले बयान लिँदैछ।

देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ।

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ। अब प्रतिवेदन लेखनमा समिति केन्द्रित हुनेछ।

प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार  ३ : ४२ बजे