बिहीबार ३६.८३ अंकले घट्यो नेप्से,कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेको छ ।

बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो ।

५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । बिहीबार म्युचुअल फन्ड समूहबाहेकका सबै क्षेत्रका सूचक घटेका छन् ।

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  ४ : ३० बजे